नासर पुगे एन्जेलो
सान्तोसबाट चेल्सीमा प्रवेश गरेको एक वर्षपछि ब्राजिलियन किशोर एन्जेलो ग्याब्रियल साउदी टोली अल नासरमा अनुबन्धित भएका छन्। उनी २ करोड ५० लाख अमेरिकी डलरमा नासर पुगेका हुन्।
सान्तोसबाट चेल्सीमा प्रवेश गरेको एक वर्षपछि ब्राजिलियन किशोर एन्जेलो ग्याब्रियल साउदी टोली अल नासरमा अनुबन्धित भएका छन्। उनी २ करोड ५० लाख अमेरिकी डलरमा नासर पुगेका हुन्।
गोलकिपर मर्ले फ्रोहम्सले जर्मनीको महिला फुटबल टोलीबाट सन्न्यास लिने भएकी छन्।
इङ्ल्यान्डका पूर्वडिफेन्डर क्रिस स्मलिङ साउदी क्लब अल–फायहामा अनुबन्धित भएका छन्।
घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
इङ्ल्यान्डका कोल पाल्मर र ओली वाट्किन्सले पनि नेसन्स लिग गुमाउने भएका छन्। टोलीले यसै साता आयरल्यान्ड र फिनल्यान्डविरुद्धको नेसन्स लिग खेल्दैछ।
एन्फा महिला लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी र संकटा फुटबल क्लब भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र दिउँसो ३ बजे सुरु हुनेछ।
एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
ठूलो वर्षा भएपछि एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बीको खेल प्रभावित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार दिनको दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्लब भिड्ने तय थियो।
रजनी थोकरको गोलसँगै एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका हारबाट जोगिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–२० च्याम्पियनसिप उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ।
एन्फा महिला लिगमा मंगलबार विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन्।
हालैका वर्षमा नर्वेजियनहरूले हालान्ड र ओस्कर बोब, मार्टिन ओडेगार्डजस्ता केही उत्कृष्ट फुटबलर उत्पादन गरेका छन्। तर, नर्वेले छनोटचरण पार गर्न सकेको छैन।