फ्रोहम्सले सन्न्यास लिने
बुधबार, १९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। गोलकिपर मर्ले फ्रोहम्सले जर्मनीको महिला फुटबल टोलीबाट सन्न्यास लिने भएकी छन्।
फ्रोहम्सले जर्मनीका लागि ५२ खेल खेलेकी थिइन्। सन् २०२२ मा युरोपियन च्याम्पियनसिपको फाइनलमा पुग्दा पनि उनी टोलीमा थिइन्। अर्को वर्ष जर्मनी विश्वकको समूहचरणबाटै बाहिरिएको थियो।
फ्रोहम्सले वुल्फ्सबर्गको साथ आफ्नो क्लब क्यारियरमा ध्यान केन्द्रित गर्न चाहेको बताएकी छन्। २९ वर्षीया फ्रोहम्सले गत वर्ष नै पेरिस ओलम्पिकपछि राष्ट्रिय टोलीबाट बाहिरिने निर्णय गरिसकेको बताएकी थिइन्।
गोथम एफसीकी एन क्याट्रिन बर्जरले जर्मनीका लागि सुरुआती गोलकिपरको भूमिका निर्वाह गर्दै गत महिना कास्य पदक जितेकी थिइन्। फ्रोहम्स पूरै बेन्चमा थिइन्।
ओलम्पिकपछि प्रशिक्षकको जिम्मेवारी सम्हालेका क्रिस्टियन वुकले फ्रोहम्सले निरन्तरता पाएको भए उनी मुख्य खेलाडी हुने बताए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)