पाल्मर र ओलीले पनि नेसन्स लिग गुमाउने
बुधबार, १९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका कोल पाल्मर र ओली वाट्किन्सले पनि नेसन्स लिग गुमाउने भएका छन्। टोलीले यसै साता आयरल्यान्ड र फिनल्यान्डविरुद्ध नेसन्स लिग खेल्दैछ।
मिडफिल्डर फिल फोडेनले अस्वस्थताका कारण टोलीसँग जोडिन असमर्थ रहेको बताएका थिए। पाल्मर र वाट्किन्स पनि यही कारण देखाउँदै क्लबमा फर्किएका छन्।
इङ्ल्यान्डको अभ्यास सेन्ट जर्ज पार्कमा सुरु गरिसकेको छ। सेप्टेम्बर ७ मा डबलिनमा आयरल्यान्ड र त्यसको तीन दिनपछि फिनल्यान्डविरुद्ध इङ्ल्यान्डले खेल्ने तय छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)