विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै

काठमाडौं। एन्फा महिला लिगमा मंगलबार विभागीय डर्बीमा एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ४ : १५ बजे सुरु हुनेछ। एपिएफ गत संस्करणको विजेता हो। पहिलो चरणको लिग सकिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरण विराटनगरमा आयोजना गर्ने भनेको थियो।
तर, दोस्रो चरणमा लिग नभएपछि सात खेलबाट २१ अंक जोड्दै शीर्ष स्थानमा रहेको एपिएफलाई विजेता घोषणा गरिएको थियो। समान खेलबाट १५ अंक जोडेको पुलिस भने दोस्रो भएको थियो।
मंगलबार नै हुने पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। चन्द्रपुरले दोस्रोपल्ट लिगमा सहभागिता जनाइरहेको छ।
कर्णालीले भने गत बैशाखमा सुर्खेतमा भएको एन्फा महिला लिग छनोट पार गरेर काठमाडौंको टिकट काटेको हो। छनोटमा कर्णाली तेस्रो भएको थियो। यो खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)