रजनीको गोलमा जोगियो चन्द्रपुर

काठमाडौं। रजनी थोकरको गोलसँगै एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिका हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सुरुआती अग्रता लिएको कर्णाली प्रदेशलाई चन्द्रपुरले १–१ को बराबरीमा रोकेको हो। बराबरीसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्।
कर्णालीका लागि सुनकला राईले गोल गरेकी थिइन्। तर, रजनी उक्त गोल फर्काउन सफल भइन्। सातौं मिनेटमै सुनकला को गोलमार्फत कर्णालीले सुरुआती अग्रता लिएको थियो।
पेनाल्टी बक्सभन्दा बाहिरबाट पाएको बललाई उनले माथिल्लो बारको दिशा दिँदै गोलमा परिणत गरिन्। तर, उक्त अग्रता कर्णालीले पहिलो हाफसम्म पनि कायम राख्न सकेन।
पहिलो हाफको इन्जुरी समयमा सेनु परियारले काउन्टर अट्याकमा उत्कृष्ट मुभ बनाएकी थिइन्। त्यही मुभमा उपलब्ध बललाई पेनाल्टी बक्सबाट रजनी थोकरले वान टचमै जाली चुमाउँदै चन्द्रपुरलाई खेलमा फर्काइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)