विभागीय डर्बीमा एपिएफ र पुलिसले बाँडे अंक
मंगलबार, १८ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बीमा एपिएफ र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले केही अवसर बनाएपनि गोलमा परिणत भने गर्न सकेनन्। योसँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)