मुलरले लिए सन्न्यास
जर्मनी युरो २०२४ को क्वार्टरफाइनलबाटै बाहिरिएपछि स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
जर्मनी युरो २०२४ को क्वार्टरफाइनलबाटै बाहिरिएपछि स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोभ्स’ जितेका छन्।
अर्जेन्टिनाका लाउटारो मार्टिनजे कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्।
कोलम्बियाली कप्तान जेम्स रोड्रिग्वेज कोपा अमेरिकाको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
फरवार्ड लिओनल मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनलाई ट्रेबल उपाधि जिताएका छन्।
लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ।
अर्जेन्टिनाले कोपा अमेरिकाको अतिरिक्त समयमा अग्रता लिएको छ।
अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिकाको फाइनल खेल चलिरहेको छ। र, खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको छ।
अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिकाको फाइनल खेल दोस्रो हाफमा चलिरहेको छ।
अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल एक घण्टाभन्दा बढी समय ढिला गरेर सुरु भएको छ।
च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो कप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।