अस्तव्यस्त कोपा अमेरिका
1721012268.jpg&w=3840&q=75)
काठमाडौं। अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल एक घण्टाभन्दा बढी समय ढिला गरेर सुरु भएको छ।
खेल हुन ढिला भएपछि सन् २०२६ को विश्वकपको आयोजना स्थल फ्लोरिडाको मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियमको गेटबाट समर्थकहरु बाहिर निस्केका थिए।
सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा कोलम्बियाको पहेँलो र रातो रङका जर्सी लगाएका समर्थकहरु रंगशालाको दक्षिण–पश्चिम प्रवेशद्वारनजिकै सुरक्षा रेलिङबाट हामफालेको थिए। उनीहरूले प्रहरी अधिकारी र रंगशालाका स्वयंमसेवकलाई छिचोल्दै गरेको देखिएको छ। ब्याकग्राउन्डमा चिच्याहट सुनिन्थ्यो।
दक्षिण फ्लोरिडाको चर्को गर्मीमा दर्शकहरू बिहोस भएको र पानी मागिरहेको देख्न सकिन्छ। भीड धेरै भएपछि अधिकारीहरूले भीडलाई गेटको पछाडि धकेल्न र प्रवेशद्वारमा ताल्चा लगाएका थिए। यद्यपि, टिकटका काटिसकेका धेरै समर्थक भित्र पसिसकेका थिए।
अर्जेन्टिनाको मेन्डोजाबाट खेल हेर्न आएका क्लाउडियो नामका एक प्रशंसकले प्रहरीले अस्तव्यस्ततालाई दबाउन खोज्दा सास फेर्न नपाएको बताए। 'उनीहरूले विश्वकप आयोजना गर्न सक्दैनन्। यो असम्भव छ,'क्लाउडियोले स्पेनिशमा भने,'मानिसहरू घन्टौंसम्म गेटमा अड्किएका थिए, सास फेर्नै सकेनन्। त्यहाँ एक जना ज्येष्ठ नागरिक थिए। उनी पानी माग्दै थिए तर पाएनन्। पानी छैन, केही पनि छैन।'






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)