कप्तानीमा मेसीलाई ट्रेबल उपाधि

काठमाडौं। फरवार्ड लिओनल मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनलाई ट्रेबल उपाधि जिताएका छन्।
उनको कप्तानीमा अर्जेन्टिनाले सन् २०२१ मा ब्राजिललाई १-० गोलले पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिका जितेको थियो।
अर्को वर्ष मेसीले आफ्नो कप्तानीमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनालाई विश्वकप पनि दिलाएका थिए। मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा उनले आफ्नो कप्तानीमा कोलम्बियालाई १-० गोलअन्तरले पराजित गर्दै अर्को उपाधि थपेका हुन्।
यद्यपि, आठ पटकका बालोन डि’ओर विजेता मेसीले पूरा समय मैदानमा बिताउन पाएनन्। दाहिने खुट्टाको चोटका कारण उनी ६६औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। मैदान बाहिरिएपछि उनी बेन्चमा बसेर रुएका थिए। उनको स्थानमा निकोलस गोन्जालेज मैदान प्रवेश गरेका थिए।
३७ वर्षीय मेसी प्रतियोगिताभर फिट थिएनन्। सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडामाथि २-१ गोलअन्तरले जित निकाल्दा उनले एक गोल गरेका थिए। सोही गोल नै उनको प्रतियोगिताको पहिलो हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)