गोलरहित बराबरीमा सकियो ९० मिनेट
सोमबार, ३१ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिकाको फाइनल खेल चलिरहेको छ। र, खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको छ।
खेलमा अतिरिक्त ३० मिनेट समय थप गरिएको छ। यो समयमा पनि दुवै टोलीबाट गोल नभए खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिने छ।
कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर, फाइनलमा भने त्यो नियम लागु हुने छैन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)