रियलको जितमा भिनिसियस र एम्बाप्पेको गोल
भिनिसियस जुनियर र केलिएन एम्बाप्पेको गोलसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको हो।
भिनिसियस जुनियर र केलिएन एम्बाप्पेको गोलसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–१ ले पराजित गरेको हो।
कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै इन्टर मियामीले मेजर लिग सकरमा सानदार जित हासिल गरेको छ।
अर्जेन्टिनी कप्तान लिओनल मेसीले अर्को वर्ष क्लब विश्वकप खेल्ने भएका छन्। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार राति इन्टर मियामीले पनि क्लब विश्वकप खेल्ने जानकारी दिएका हुन्।
राम्मस होज्लन्डको निर्णायक गोलसँगै म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डविरुद्ध पुनरागमन जित हात पारेको छ।
कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वार्टरफाइनल खेलमा सुनौलो कल्याण स्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै सिरिजंघाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
आयोजक रोलिङ क्लबले धुलाबारीमा आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ को सेमिफाइनल प्रवेश गरेको छ।
बोन टेस्ट’ मा अयोग्य देखिँदा नेपाली राष्ट्रिय टोलीका चार खेलाडी एएफसी यु–१७ एसियन कप छनोट वञ्चित भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२५ मा साउदी अरबमा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा सहभागी हुन कतार प्रस्थान गरेको नेपाली यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ।
बंगलादेशले नोभेम्बरमा माल्दिभ्ससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। बंगलादेश फुटबल महासंघका महासचिव इमरान हुसेनका अनुसार यी दुई खेल नोभेम्बर १३ र १६ मा ढाकामा हुनेछन्।
उत्सव राईको दुई गोलसँगै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
कप्तान क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै अल नासर साउदी प्रो लिगको शीर्ष दुईमा उक्लिएको छ।