मियामीको जितमा मेसीको ह्याट्रिक
आइतबार, ०४ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै इन्टर मियामीले मेजर लिग सकरमा सानदार जित हासिल गरेको छ।
चेस स्टेडियममा आइतबार बिहान भएको खेलमा मियामीले न्यु इङ्ल्यान्ड रिभोलुसनमाथि ६–२ को जित हासिल गरेक हो।
जितसँगै शीर्ष स्थानको मियामीले ३४ खेलबाट ७४ अंक पुर्याएको छ। २६औं स्थानको इङ्ल्यान्डको ३१ अंक छ।








