सिरिजंघा स्पोर्टिङ क्लब
शनिबार, ०३ कार्तिक २०८१खेलपाटी संवाददाता

पथरी। कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वार्टरफाइनल खेलमा सुनौलो कल्याण स्पोटिङ क्लबलाई २–० ले पराजित गर्दै सिरिजंघाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा सिरिजंघाका लागि दुवै गोल निशान राईले गरे। खेलको म्यान अफ द म्याच गोलकर्ता निशान घोषित भए।
आइतबारको खेल चाँदनी युवा क्लब र पुलचोक फुटबल क्लबबीच हुनेछ। न्यु स्टार क्लबले आयोजना गरेको फुटबलको फाइनल कार्तिक ९ गते हुनेछ।








