उरुग्वेको जितमा म्याथियास निर्णायक
म्याथियास ओलिभेराको निर्णायक गोलसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगिसकेको उरुग्वेले अमेरिकालाई पराजित गरेको छ।
म्याथियास ओलिभेराको निर्णायक गोलसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगिसकेको उरुग्वेले अमेरिकालाई पराजित गरेको छ।
मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि विराटनगरको सम्राट स्पोर्टिङ क्लबले जितेको छ।
पेनाल्टी सुटआउटमा गोलरक्षक डिओगो कोस्टाले तीन प्रहार बचाउँदा पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
जन भेर्टोङ्गेनको आत्मघाती गोलसँगै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाली फुटबलका अनुभवी प्रशिक्षक नविन न्यौपाने काठमाडौं किकर्स फुटबल एकेडेमी फर्किएका छन् । उनले आज काठमाडौं किकर्ससँग युवा खेलाडीहरुको समग्र विकास र किकसको सिनियर टोलीको जिम्मेवारी सम्हाल्ने गरी सम्झौता गरेका हुन् ।
अखिल नेपाल फुटबल संघको आयोजनामा हुने लिगमा १२ टिमको सहभागिता रहने छ। सहभागी टोलीहरूले डबल राउन्ड रोबिनका आधारमा खेल्ने एन्फाले जनाएको छ।
युरोकपअन्तर्गत अन्तिम १६ मा पोर्चुगल र स्लोभेनिया भिड्दै छन्।
क्यानडाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गर्न भेनेजुएलाको सामना गर्ने भएको छ।
साबिक विजेता अर्जेन्टिनाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गर्न इक्वेडरको सामना गर्ने भएको छ।
मेक्सिको कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ।
ग्रीन सिटी गोल्डकपको उपाधि न्यू ब्वाइज एफसीले जितेको छ।
भेनेजुएला शतप्रतिशत जितसहित कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।