उरुग्वेको जितमा म्याथियास निर्णायक
मंगलबार, १८ असार २०८१खेलपाटी संवाददाता
1719893282.jpeg&w=3840&q=75)
काठमाडौं। म्याथियास ओलिभेराको निर्णायक गोलसँगै कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगिसकेको उरुग्वेले अमेरिकालाई पराजित गरेको छ।
एरोहेड स्टेडियममा मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वे १-० गोलअन्तरले विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ६६औं मिनेटमा ओलिभेराले गोल गरेका थिए।
समूह सी मा उरुग्वेले शतप्रतिशत जित निकाल्दै नौ अंक जोड्यो। तीन अंक जोडेको अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)