क्यानडाले सेमिफाइनल प्रवेश गर्न भेनेजुएलाको सामना गर्ने
सोमबार, १७ असार २०८१खेलपाटी संवाददाता
1719365191.jpg&w=3840&q=75)
काठमाडौं। क्यानडाले कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गर्न भेनेजुएलाको सामना गर्ने भएको छ।
सोमबार बिहान सम्पन्न खेलमा जमौकालाई ३–० गोलअन्तर पराजित गर्दै भेनेजुएला समूह बी को विजेताको अन्तिम आठमा पुगेको हो।
भेनेजुएलाले इक्वेडरलाई २–१ र मेक्सिकोलाई १–० गोलअन्तरले पाखा लगायो। क्यानडा समूहए को उपविजेता हो।
पहिलो खेलमा साबिक विजेता अर्जेन्टिनासँग क्यानडा २–० गोलअन्तरले पराजित भएको थियो।
पेरुलाई १–० गोलअन्तरले पराजित गरेको क्यानडा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)