लाकेनले दिल्ली एफसीबाट आई लिग खेल्ने
नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बूले दिल्ली एफसीबाट आई लिग खेल्ने भएका छन्।
नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बूले दिल्ली एफसीबाट आई लिग खेल्ने भएका छन्।
चन्द्रपुर नगरपालिकालाई गोलरहित बराबरीमा रोक्दै बागमती युथ क्लब एन्फा महिला लिगमा अर्को एक अंक थपेको छ।
उर्लाबारीको गोर्खाज युनाइटेड फुटबल क्लबले चाँदनी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
रश्मीकुमारी घिसिङको दुई गोलप्रेरित विभागीय टोली एपिएफ एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फामा आइतबार कर्णाली प्रदेशमाथि ६–० को सजिलो जित हाथ पारेको हो।
शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल पनि मान्छन् कि अब एन्फा महिला लिग जित्ने नजित्ने एफिएफको नतिजाले मात्रै निर्णाय गर्नेछ। किनभने शीर्ष स्थानमा रहेको पुलिससँग एक खेल कम खेलेको एपिएफको दुई अंक मात्रै छ।
लिओनल मेसीले दुई गोलप्रेरित इन्टर मियामीले आइतबार बिहान फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ।
इङ्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता एर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दै सिजनको उत्कृष्ट लयलाई कायम राखेको छ।
वैकल्पिक खेलाडी क्रिस्टोफर एककुन्कुको गोलसँगै चेल्सीले प्रिमियर लिगमा बर्नमाउथमाथि जित हात पारेको छ। चेल्सीले शनिबार राति भएको खेलमा घरेलु टोलीलाई १–० ले पराजित गरेको हो।
भिनिसियस जुनियर र केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडमाथि २–० को जित निकालेको छ।
संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै कोशी प्रदेशले एन्फा महिला लिगमा अंक बाँडेको छ।
एन्फा महिला लिगअन्तर्गत शनिबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले शीर्ष स्थानको पुलिससँग १-१ गोलको बराबरी खेलेको हो।
एएफसी च्याम्पियन्स लिग एलिटको पहिलो संस्करण सोमबारदेखि सुरु हुँदैछ। जसमा क्रिस्टियानो रोनाल्डो, नेयमार र रियाद महरेजजस्ता स्टार खेलाडीले साउदी अरेबियाका क्लबलाई एसियामा सफलता दिलाउन चाहन्छन्।