लय गुमाएको कोशीसँग जित निकाल्ने लक्ष्यमा आर्मी
एन्फा महिला लिगको तेस्रो चरणसम्म ठिकठाकै प्रदर्शन गरिरहेको टोली थियो कोशी प्रदेश। विदेशी खेलाडीविनै मैदान उत्रिएको यो टोलीले कुनै पनि खेल नगुमाइ प्रतियोगितादेखि नै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको थियो।














