वेस्ट ह्याममाथि लिभरपुलको पुनरागमन जित
लिभरपुलले इङ्लिस लिग कपमा वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ। एनफिल्डमा बुधबार राति भएको खेलको २१औं मिनेटमा जारेल क्वानासाले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा पछि परेको थियो।
लिभरपुलले इङ्लिस लिग कपमा वेस्ट ह्यामलाई ५–१ ले पराजित गरेको छ। एनफिल्डमा बुधबार राति भएको खेलको २१औं मिनेटमा जारेल क्वानासाले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा पछि परेको थियो।
युवा खेलाडी इथन नवानेरीको दुई गोलको मद्दतमा आर्सनलले इङ्लिस लिग कपअन्तर्गत बुधबार राति भएको खेलमा बोल्टनमाथि ५–१ को जित निकालेको छ।
रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रकालाई कायम राखेको छ।
संकटा क्लब काठमाडौं पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। पथरी रंंगशालामा बुधबार भएको खेलमा आयोजक पथरी ११ लाई टाइब्रेकरमा पराजित गर्दै संकटा उपाधिनजिक पुगेको हो। टाइब्रेकरमा संकटाले ३–१ ले नतिजा आफ्नो पक्षमा पार्यो।
घरेलु टोली भुटानलाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा नेपालले भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो।
नेपालको एकदिवसीय वरीयता खस्किएको छ। आइसिसी लिग २ खेलिरहेको नेपालको प्रदर्शन पछिल्लो समय खस्किँदै गएको छ।
साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत जित्नै पर्ने खेलमा नेपाल पहिलो हाफमा १–० ले पछि परेको छ।
विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा अपराजित यात्रालाई कायम राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले कर्णाली प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको हो।
फ्रान्स र रियल मड्रिडका पूर्वसेन्टर ब्याक राफेल भारानले बुधबार सन्न्यासको घोषणा गरेका छन्।
नेपाल एफसी यु–२० एसियन कप छनोटअन्तर्गत तेस्रो खेलमा उज्बेकिस्तानसँग सहजै पराजित भएको छ।
साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत पाकिस्तानविरुद्धको अन्तिम अन्तिम समयमा सहम्लिएको भए नेपाललाई सेमिफाइनलसम्म पुग्न यतिबिग्न कठिन हुने थिएन।
मोरङको कीर्तिपुरमा खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। दशैं तथा तिहारको अवसरमा असोज १४ गतेबाट कीर्तिपुरमा खुला नकआउट फुटबल प्रतियोगिता हुन लागेको आयोजक न्यू स्टार फुटबल क्लबका अध्यक्ष दिवस खजुमले बताए।