लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाको जित
बिहिबार, १० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रकालाई कायम राखेको छ।
यो अपराजित यात्रा लम्ब्याउन बार्सिलोनाले गेटाफेलाई १-० ले पाखा लगाएको हो। शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पुर्याएको छ।
जुन, दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो। पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ।
लेवान्डोस्कीले १९औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)