भारानले लिए सन्न्यास

काठमाडौं। फ्रान्स र रियल मड्रिडका पूर्वसेन्टर ब्याक राफेल भारानले बुधबार सन्न्यासको घोषणा गरेका छन्।
३१ वर्षीय भारानेले गत जुलाईमा सिरी ‘ए’ क्लब कोमोसँग सम्झौता गरेका थिए। तर, साम्पडोरियाविरुद्धको इटालियन कप खेलमा उनको घुँडामा चोट लागेको थियो।
क्यारियरमा मैले धेरै चुनौतीहरूको सामना गरेको छु। तर, एकपछि अर्को अवसरहरूमा उठेको छु, लगभग सबै असम्भव मानिएको थियो,’ भारानले इन्स्टाग्राममा लेखेका छन्, ‘यी क्षणहरूलाई प्रतिबिम्बित गर्दै म सन्न्यासको घोषणा गर्दैछु।’
फ्रान्सले रसियामा सन् २०१८ को विश्वकप जित्दा उनी प्रतियोगिताको उत्कृष्ट डिफेन्डर थिए। उनले क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध हेडरमार्फत आफ्नो पाँच अन्तर्राष्ट्रिय गोलमध्ये सबैभन्दा महत्त्वपूर्ण गोल गरेका थिए।
उनले रियललाई चार पटक च्याम्पियन्स लिग र तीन पटक स्पेनिस लिगको उपाधि दिलाएका थिए। उनी सन् २०२१ मा म्यानचेस्टर युनाइटेडमा गएका थिए। तर, इङ्ल्यान्डमा तीन सिजन बिताएका उनले ९५ खेल मात्रै खेले। उनले चोटका कारण धेरै खेल खेल्न सकेनन्।
भारानेले लेन्सबाट आफ्नो क्यारियर सुरु गरेका थिए। ‘लेन्सदेखि रियल, म्यानचेस्टर रराष्ट्रिय टोलीको लागि खेल्दै मैले सोचेको भन्दा बढी जितेको छु,’ उनले लेखेका छन्। सन् २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको केही महिनापछि भारानेले फ्रान्सको राष्ट्रिय टोलीबाट सन्न्यास लिइसकेका थिए ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)