एन्जो फर्नान्डेजको दोस्रो हाफमा हेडर गोल गरेसँगै प्रिमियर लिगमा टोटनह्याममाथि १–० को जित निकाल्दै चेल्सी च्याम्पियन्स लिग छनोटमा फर्काएको छ।
धीरेन्द्र सरस्वतीका उत्कृष्ट खेलाडी हुन्। उनले जारी लिगमा दुई खेलमा दुई गोल गरेका छन्।
काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल)मा बराबरीमा रोकिएका छन।
रेफ्री कुट्न झम्टिएका नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज पोखरा थन्डर्सका किट पार्टनर प्रमुख सुन्दर थापालाई रंगशाला प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ।
नयाँ बस्ती युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा हारबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा नयाँ बस्तीले ब्रिगेट बिग्रेट ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो।
सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
मेसीले मियामीका लागि खेल्दा यसअघि खेलेका हरेक च्याम्पियन्स कप खेलमा गोल (पाँच) र असिस्ट (दुई) गरेका थिए। तर, लस एन्जलसविरुद्धको खेलमा उनी कुनै गोल वा असिस्ट गर्न सकेनन्।
सिजनभर उत्कृष्ट लयमा देखिएको लिभरपुल पछिल्लो केही सातामा केही कमजोर देखिएको थियो। पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग च्याम्पियन्स लिगमा पराजित भएर बाहिरिएको लिभपुल इङ्लिस लिग कपको फाइनलमा न्युकासलसँग पराजित भएको थियो।
बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिम पटक २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो।
तनावग्रस्त खेलमा जोनाथन कान्टिलालनाको दुई गोलसँगै साबिक विजेता ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल) मा फर्किएको छ।