चेल्सीले माउरिसियो पोचेटिनोको स्थानमा लेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्कालाई नियुक्त गर्ने तयारी गरेको छ।
फरवार्ड एन्थोनी मार्सलले ९ सिजनपछि म्यानचेस्टर युनाइटेड छाड्ने घोषणा गरेका छन्।
उनाई एमरीले इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लासँग सन् २०२९ सम्मको नयाँ सम्झौता गरेका छन्।
रियादमा रोनाल्डोले दुई गोल गरेपछि अल नासरले अल–इत्तिहादलाई ४–२ ले पराजित गरेको थियो। योसँगै उनले लिगमा गोल संख्या ३५ पुर्याएका छन्।
एन्फा इलाम जिल्ला लिगमा देउराली स्पोर्टिङ् क्लब र रेडहर्स फुटबल क्लबले जित निकालेका छन्।
स्पोर्ट्स एकेडेमी साँगाले शहीद स्मारक ‘सी’ लिगमा सानेपा क्लबलाई पराजित गरेको छ।
म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनलमा २–१ ले पराजित हुनुको सम्पूर्ण जिम्मेवारी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिएका छन्।
मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लाटलान क्लब बार्सिलोनाले गरेको निर्णय स्वीकार गर्ने बताएका छन्। क्लबले शुक्रबार बर्खास्त गरेको थियो।
अन्तिम समयमा सुग्रित मगरले गोल गरेसँगै शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भू क्लब हारबाट जोगिएको छ।
एफए कपको फाइनलमा हजारौँ उत्साही भीडहरूको अगाडि बेम्बलीमा भएको सनसनीपूर्ण जितपछि उनको कार्यकाल सफलताको रूपमा हेर्न सकिन्छ।
इटालियन सिरी 'ए' क्लब रोमा च्याम्पियन्स लिगमा पुग्न असफल भएको छ।