युनाइटेडसँग हार्नुको सम्पूर्ण जिम्मेवारी मेरो : ग्वार्डिओला
सोमबार, १४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनलमा २–१ ले पराजित हुनुको सम्पूर्ण जिम्मेवारी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिएका छन्।
ग्वार्डिओलाले पहिलो हाफमा आफ्नो खेल योजना राम्रो नभएको स्वीकार गरेक छन्। लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन डबल्स पूरा गर्ने लक्ष्यमा थियो।
तर, वेम्बलीमा एलेजान्ड्रो गार्नाचो र कोबी माइनुले खेलको पहिलो हाफमै युनाइटेडलाई अग्रता दिलाए। दोस्रो हाफमा ग्वार्डिओलाले जेरेमी डोकुलाई मैदान भित्र्याएका थिए। विंगरले सान्त्वना गोल गरे।
‘पहिलो हाफमा मेरो खेल योजना राम्रो थिएन। तर, दोस्रो गोलको श्रेय युनाइटेडलाई जान्छ। हामी आराम गर्नेछौँ र अर्को सिजन फर्कनेछौँ,’ उनले भने।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)