पुछारको सुदूरपश्चिमसँग आर्मीको भिडन्त
एन्फा महिला लिगमा सबैभन्दा खराब प्रदर्शन कसैले गरेको छ भने त्यो सुदूरपश्चिम प्रदेश नै हो। दुई खेलमै १३ गोल खाएको सुदूरपश्चिमले लिगमा अंक जोड्नु त परै जावोस् प्रतिस्पर्धात्मक खेल पनि देखाउन सकेको छैन।
एन्फा महिला लिगमा सबैभन्दा खराब प्रदर्शन कसैले गरेको छ भने त्यो सुदूरपश्चिम प्रदेश नै हो। दुई खेलमै १३ गोल खाएको सुदूरपश्चिमले लिगमा अंक जोड्नु त परै जावोस् प्रतिस्पर्धात्मक खेल पनि देखाउन सकेको छैन।
एर्लिङ हालान्डको गोलसँगै नर्वेले नेसन्स लिगमा पहिलो जित हासिल गरेको छ। उलेभालमा सोमबार राति भएको खेलमा नर्वेले अस्ट्रियालाई २-१ ले पराजित गरेको हो।
डेभिड फ्रेटेसी र मोइस केनको जोडीको गोलमा इटालीले सोमबार इजरायलमाथि २–१ को जित हासिल गरेको छ। योसँगै लुसियानो स्पालेट्टीको टोली नेसन्स लिग ए समूह २ को शीर्ष स्थानमा कायमै रहन सफल भएको छ।
स्टार फरवार्ड तथा कप्तान किलियन एमबाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले सोमबार नेसन्स लिगमा बेल्जियमलाई अर्को हार चखाएको छ।
घरेलु टोली भारतलाई हराउँदै सिरियाले इन्टरकन्टिनेन्टल कप जितेको छ। हैदराबादमा सोमबार भएको खेलमा सिरियाले भारतलाई ३-० ले पराजित गरेको हो।
भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ। मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सोमबार २३ सदस्यीय टोली घोषणा गरे।
रेनुका नगरकोटीको दुई गोलसँगै साबिक विजेता एफिएफले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
एएफसी यू–२० एसियन कप छनोटका लागि अन्तिम टोली घोषणा गरिएको छ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार टोलीको घोषणा गरेका हुन्।
राष्ट्रिय टोलीका अधिकांश खेलाडी भएर पनि विभागीय डर्बीमा राम्रो खेल पस्किन नसकेको एपिएफले अब एन्फा महिला लिगमा लामो सास फेर्न पाउनेछ।
पहिलो खेलमा विभागीय टोलीसँग ४-० ले पराजित भएपनि चन्द्रपुर नगरपालिकालाई गोलरहित बराबरीमा रोकेको संकटा फुटबल क्लले एन्फा महिला लिगमा जित हासिल गर्न सकेको छैन।
क्रोएसियाका कप्तान लुका मोड्रिच सोमबार ३९ वर्ष पुगेका छन्। तर, पोर्चुगलका भेट्रान स्टाइकर क्रिस्टियानो रोनाल्डोजस्तै उनी पनि आफ्नो देशका लागि सधैंजस्तै अभिन्न छन्।