एपिएफले बर्षायो चन्द्रपुरको पोस्टमा गोल
सोमबार, २४ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। रेनुका नगरकोटीको दुई गोलसँगै साबिक विजेता एफिएफले एन्फा महिला लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा एपिएफले चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको हो। योसँगै तीन खेलबाट सात अंक जोडेको एपिएफ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चन्द्रपुरको भने यो लगातार दोस्रो हार हो।
रेनुकाको दुई र सविता रानामगरको एक गोलमा एपिएफले पहिलो हाफमै ३-० को अग्रता लिएको थियो। त्यसपछि रश्मीकुमारी घिसिङ, प्रीति राई र गीता रानाले तीन गोल थप्दै एपिएफलाई फराकिलो जित दिलाएका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)