केनको ६९औं अन्तर्राष्ट्रिय गोल
ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
ह्यारी केनको ६९औं अन्तर्राष्ट्रिय गोलको मद्दतमा इङ्ल्यान्डले युइएफए नेसन्स लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
एर्लिङ हालान्डको ह्याट्रिकसँगै नर्वे युइएफए नेसन्स लिग समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। उलेभालमा आइतबार राति भएको खेलमा नर्वेले काजाखास्तानलाई ५–० ले पराजित गरेको हो।
नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले विपक्षी खेलाडीलाई कति रोके त्यो सायद समर्थकलाई याद नहुन सक्छ। तर, उनको यस्तो एक गल्ती छ, जसलाई चाहेर पनि समर्थक मात्रै होइन उनी आफैं पनि भुल्न सक्दैनन्।
धर्बेन्द्र कुँवरको ह्याट्रिकसँगै जावलाखेल युथ क्लब ललितस्मृति एन्फा यु–१८ युथ लिगमा छैटौं स्थानमा उक्लिएको छ।
अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा तीन खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा आशिष राई, अभिषेक वाइबा र रनदीप पौडेलले डेब्यु गराएका हुन्।
अफगानिस्तानले यो ११ वर्षमा फुटबलमा धेरै परिवर्तन गरेको छ। यो टोलीका प्राय: खेलाडी विदेशी लिगमा आबद्ध छन्। ती लिगमा बटुलेको अनुभव नेपालविरुद्धको खेलमा पनि देखिएको उनको अनुभव छ। त्यसैले यस्तै ठूलो टिमसँग बारम्बार खेलिरहे अफगानिस्तानजस्तै नेपाल साफबाट ‘अपग्रेड’ हुन सक्ने उनले बताए।
एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोट जुनदेखि सुरु हुने भएको छ। एएफसी महिला फुटबल कमिटीको तेस्रो बैठकले छनोट प्रतियोगिता जुन २३ देखि जुलाई ५ सम्म आयोजना गर्ने तय गरेको हो। एएफसीका अनुसार छनोटका खेलहरू अन्तर्राष्ट्रिय विन्डोमा हुनेछ।
पहिलो हाफमा दुई पेनाल्टी र दोस्रो हाफमा दुई गोल गरेपछि नेदरल्यान्ड्सले हंगेरीमाथि ४–० को जित निकाल्दै मार्चमा हुने नेसन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ।
फ्लोरियन विर्ट्ज र टिम क्लेनडिएन्स्टको दुई–दुई गोलको मद्दतमा जर्मनीले शनिबार पाहुना टोली बोस्निया एन्ड हर्जेगोभिनालाई ७–० ले पराजित गर्दै नेसन्स लिगको समूह 'ए ३' को शीर्ष स्थानमा उक्लिएको छ।
डिफेन्डर रोहित चन्दको करियरकै पहिलो गोलसँगै नेपालले १३ वर्षपछि अफगानिस्तानलाई पराजित गरेको छ। सेन्ट्रल स्टेडियम डुसान्बेमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई २–० ले पराजित गरेको हो।
नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा २–० अग्रता लिएको छ।
नेपालले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ।