स्वदेश फर्कियो नेपाली टोली
सिंगापुर मैत्रीपूर्ण र मलेसियासँग एएफसी एएफसी एसियन कप छनोट २०२६ तेस्रो चरण खेल्न पुगेको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।
सिंगापुर मैत्रीपूर्ण र मलेसियासँग एएफसी एएफसी एसियन कप छनोट २०२६ तेस्रो चरण खेल्न पुगेको टोली बिहीबार बिहान स्वदेश फर्किएको हो।
आर्सनले फाइनल प्रवेश गर्न अब आठ पटकको च्याम्पियन लियोनसँग कठिन प्रतिस्पर्धा गर्नेछन्। रूसोले दोस्रो हाफ सुरु भएको एक मिनेटमै पहिलो गोल गरिन्। उनले क्लोए केलीको उत्कृष्ट क्रसलाई सहजै पोस्टभित्र पठाइन्।
अर्जेन्टिना विश्वकपमा छनोट भएपछि अहिलेको मुख्य प्रश्न भनेकै ३७ वर्षीय स्टार मेसी आफ्नो छैटौं विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने हो। यसमा टोलीका प्रशिक्षक तथा उनकै पूर्वसहकर्मी लिओनल स्कालोनी पनि अझै स्पष्ट भइसकेका छैनन्।
युवराज खड्काले इन्जुरी समयमा गोल गरेसँगै विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नेपाली यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या ४२ मा झारेका छन्।
यी दुईबीचको खेल देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार हुने तय छ। अपरान्ह्र ४ बजे सुरु हुने खेल खेलपाटी टिभी (युट्युब) बाट प्रत्यक्ष प्रसारण हुनेछ।
गत संस्करण ललितपुर सिटीलाई नेपाल सुपर लिग (एनएसएल) जिताएका इबु पापा केबो र इमोह इजिकेल नेपाल आइपुगेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा पुरुषोत्तम कट्टेल नियुक्त भएका छन्। साफ कार्यकारी समितिले कट्टेललाई महासचिव नियुक्त गरेको छ।
सन् १९९५ मा एन्फा अध्यक्ष भएका थापामाथि अहिले लागेको प्रतिबन्ध अवधि करिब सकिन लागेको छ। तर, आफूले नै साथ दिएर जिताएको अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फामाथि निरन्तर धावा बोलिरहेका हुन्छन्।
मेहदी तारेमीको दुई गोलको मद्दतले मंगलबार उज्बेकिस्तानसँग २–२ को बराबरी खेल्दै इरान विश्वकप २०२६ मा छनोट भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (एएफसीले) बुधबार छनोटको ‘ड्र’ लागि सार्वजनिक गरेको पोटमा नेपाल २ मा परेको हो। ‘ड्र’ बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा नेपाली समयअनुसार १२:४५ बजे हुने तय छ।
फिफा विश्व वरीयतामा श्रीलंकाभन्दा थाइल्यान्ड १०३ स्थानमाथि छ। श्रीलंका भने २००औं स्थानमा छ। वरीयतामा ९७औं स्थानमा रहेको थाइल्यान्ड एसियाको उत्कृष्ट टिममध्ये एक हो।