ललितपुरलाई एनएसएल जिताएका दुई हिराे आइपुगे
बुधबार, १३ चैत्र २०८१खेलपाटी संवाददाता
-1742978188.jpg&w=3840&q=75)
काठमाडौं। गत संस्करण ललितपुर सिटीलाई नेपाल सुपर लिग (एनएसएल) जिताएका दुई हिरो इबु पापा केबो र इमो इजिकेल नेपाल आइपुगेका छन्।
साबिक विजेता ललितपुरले तेस्रो संस्करणका लागि यी दुई खेलाडीलाई अनुबन्ध गरेको हो। ललितपुरले उद्घाटन पहिलो संस्करणको विजेता काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ।
यी दुईबीचको खेल चैत १६ गते हुने तय छ। प्रतियोगिता नजिकिँदै गए पनि यी दुई खेलाडी बुधबार मात्रै नेपाल आइपुगेका हुन्।
नाइजेरियन ३१ वर्षीय सेन्ट्रल फरवार्ड इजिकेलले गत संस्करणमा सर्वाधिक ६ गोल गरेका थिए। धनगढी एफसीविरुद्धको फाइनलमा उनले महत्त्वपूर्ण दुई गोल गर्दै ललितपुरलाई ३–२ को जित दिलाएका थिए।
यस्तै, फ्रान्सका ३१ वर्षीय फरवार्ड केबेले तीन गोल गरेका थिए।








