यस सिजन रेलिगेट हुने पहिलो टोली बन्यो साउथह्याम्प्टन
साउथह्याम्प्टन इङ्लिस प्रिमियर लिगबाट यस सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ। आइतबार सम्पन्न खेलमा टोटनह्यामसँग ३–१ ले पराजित भएसँगै औपचारिक रूपमा रेलिगेट भएको हो।
साउथह्याम्प्टन इङ्लिस प्रिमियर लिगबाट यस सिजन रेलिगेट हुने पहिलो टोली बनेको छ। आइतबार सम्पन्न खेलमा टोटनह्यामसँग ३–१ ले पराजित भएसँगै औपचारिक रूपमा रेलिगेट भएको हो।
ङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आइतबार फुलहमसँग ३–२ को अप्रत्याशित हार बेहोरेको छ।
काठमाडौं रेजर्सविरुद्धको गोलरहित बराबरी भएको खेलमा उनले हानेको एक उत्कृष्ट प्रहार माथिल्लो बारमा लागेर फर्किएको थियो। आइतबार शीर्ष स्थानमा रहेको एफसी चितवनविरुद्धको खेलमा भने झापालाई हारबाट जोगाउन उनले नायकी भूमिका खेले।
इन्जुरी समयमा सम्हालिन नसक्दा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीसँग अंक बाँड्नुपरेको छ।
श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
अन्नपूर्ण क्लब (आरसीटी)को नयाँ कार्यसमितिलाई आइतबार पदभार हस्तान्तर गरिएको छ।
झापाले गत संस्करणमा मात्रै एनएसएलमा स्थान बनाएको हो। उक्त संस्करणमा चितवनले झापामाथि २–० को जित निकालेको थियो।
एभर्टनसँग १–१ को बराबरीमा रोकिएसँगै आर्सनलको प्रिमियर लिग उपाधि होडमा लिभरपुललाई पछ्याउने कमजोर आशा पनि लगभग समाप्त भएको छ।
जित निकाल्न नसकेपनि शीर्ष स्थानमा रहेको बार्सिलोनाले रियल मड्रिडसँगको अन्तर चार अंकले बढाउन सफल भएको छ। बार्सिलोनाले ३० खेलबाट ६७ अंक पुर्याएको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शनिबार एन्जर्सलाई १–० ले पराजित गर्दै कीर्तिमानी १३औं पटक लिग वानको उपाधि जितेको छ। पिएसजीले २८ खेलमा २३ जित निकाल्दै उपाधि हात पारेको हो।
भिनिसियस जुनियरले पेनाल्टी मिस गरेपछि रियल मड्रिडले शनिबार ला लिगामा भ्यालेन्सासँग २–१ को स्तब्ध पार्ने हार बेहोरेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा बेहोरेको यो हारले उपाधि होडमा रहेका रियललाई ठूलो झट्का दिएको छ।
साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) बराबरी खेलेका छन्।