भगवतीले गुमायो शीर्ष स्थानमा उक्लिने मौका
आइतबार, २४ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा च्यासल युथ क्लबसँग भगवती गोलरहित बराबरीमा रोकिएको हो। दुबै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्।
जारी लिगमा भगवतीको यो दोस्रो बराबरी हो। दोस्रो स्थानमा रहेको भगवतीको पाँच खेलबाट १० अंक छ। शीर्ष स्थानको प्लानिङ ब्वाइजको भने १२ अंक छ। यद्यपि, प्लानिङले एक खेल कम खेलेको छ।
च्यासल पाँच खेलबाट आठ अंकसहित चौथो स्थानमा यथावत् छ।








