लुम्बिनी लायन्सले ननेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
अन्तिम बल अगाडि नै चौका प्रहार गर्दै जिशन मक्शूदले कर्णाली याक्सलाई नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित दिलाएका छन्।
कर्णाली याक्सका ओपनर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार अर्धशतक प्रहार गर्न चुकेका छन्।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।
अपराजित रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा खराब सुरुआत गरेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली पहिलो जितको खोजीमा रहेका छन्।
सन् २००८ को पहिलो संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा आफ्नो उत्कृष्ट प्रदर्शनले दर्शकलाई मोहित बनाएका यी दुई दिग्गज खेलाडी नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिद्वन्द्वी बन्न लागेका हुन्।
ललित भारतीय खेलाडी हर्षल पटेल र रविन्द्र जडेजाका ठूला ‘फ्यान’ हुन्। उनलाई मन पर्ने इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी भने पाँचपल्टको विजेता चेन्नइ सुपर किङ्स हो।
नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो।