चितवनविरुद्ध बलिङ गर्दै कर्णाली
शुक्रबार, २१ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
चितवन दुई खेल जित्दै अपराजित छ। यसअघि चितवनले पोखरा एभेन्जर्सलाई ८७ रन र काठमाडौं गुर्खाजलाई पाँच विकेटले हराएको थियो।
कर्णाली भने दुवै खेलमा जितविहीन छ। कर्णालीले जनकपुर बोल्ट्ससँग आठ र काठमाडौंसँग तीन विकेटको हार बेहोरेको थियो।
चितवन लगातार तेस्रो जितको लक्ष्यमा रहँदा कर्णाली पहिलो जितको खोजिमा हुनेछ।









