रियलले भेट्टायो बार्सिलोनालाई
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनालाई भेट्टाएको छ। शनिबार राति भएको खेलमा भिल्लारियललाई २-० ले पराजित गर्दै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सलोनालाई भेट्टाएको छ। शनिबार राति भएको खेलमा भिल्लारियललाई २-० ले पराजित गर्दै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो।
फ्रान्सेली फुटबल खेलाडी पाउल पोग्बाको डोपिङ प्रतिबन्ध घटाइएको छ। उनीमाथि चार वर्षको प्रतिबन्ध लागेको थियो। उक्त प्रतिबन्ध घटाएर १८ महिना कायम गरिएको फ्रान्सेली फुटबल कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले शुक्रबार जनाएको छ।
पाओलो माल्दिनीको छोरा डेनियललाई पहिलोपल्ट इटालीको टोलीमा समावेश गरिएको छ। डेनियललाई इटालीका प्रशिक्षक लुसियानो स्पालेटीले शुक्रबार नेसन्स लिगका खेलका लागि बोलाएका हुन्।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा न्यु स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ। शुक्रबार भएको खेलमा उर्लाबारीको चाँदनी फुटबल क्लब र पथरीको हनुमान युनाइटेड विजयी भएका छन्।
गत आश्विन १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ टेकरस्थित वत्सलादेवी एन्फा एकेडेमीनजिक पहिरोमा पुरिएर निधन भएका खेलाडीहरूको स्मृतिमा निजगढमा दीप प्रज्वलन गरिएको छ।
बेल्जियमले फरवार्ड रोमेलु लुकाकु र कप्तान केभिड डि ब्रुएनाबिनै नेसन्स लिग खेल्ने भएको छ। बेल्जियमले शुक्रबार इटाली र त्यसको चार दिनपछप फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ।
विभागीय टोली नेपाल पुलिस क्लबले जितसहित एन्फा महिला लिग अन्त्य गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको अन्तिम खेलमा पुलिसले पहिलो चरणबाटै बाहिरिसकेको संकटा फुटबल क्लबमाथि २-१ को जित हात पारेको हो।
चित्लाङ एफसी काठमाडौं जिल्ला लिगको च्याम्पियन बनेको छ। सानो गौचरण मैदानमा चावहिल फुटबल क्लबलाई ५-० ले पराजित गर्दै चित्लाङले उपाजित जितेको हो।
टोटनह्याम हटस्परका स्ट्राइकर डोमिनिक सोलान्केलाई सात वर्षपछि इङ्ल्यान्डको टोलीमा समेटिएको छ।
ह्यामस्ट्रिङको सामान्य चोटका कारण फ्रान्सका किलियन एमबाप्पे नेसन्स लिगका खेल गुमाउने भएका छन्।
रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङ्घम युरो कप २०२४ पछि पहिलो पटक इङ्ल्यान्डको टोलीमा फर्किएका छन्। बेलिङ्घमले चोटका कारण सेप्टेम्बरमा अन्तर्राष्ट्रिय खेल गुमाएका थिए।
लन्डन क्लब चेल्सीले जितसहित कन्फेरेन्स लिगमा सुखद सुरुआत गरेको छ। स्ट्यामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले जेन्टलाई ४-२ ले पराजित गरेको हो।