हाभर्ट्जले नेसन्स लिग गुमाउने
आर्सनलका फरवार्ड काई हाभर्ट्जले बोस्निया एन्ड हर्जेगोभिना र नेदरल्यान्ड्सविरुद्धको नेसन्स लिग खेल गुमाउने भएका छन्।
आर्सनलका फरवार्ड काई हाभर्ट्जले बोस्निया एन्ड हर्जेगोभिना र नेदरल्यान्ड्सविरुद्धको नेसन्स लिग खेल गुमाउने भएका छन्।
भारतको पश्चिम बंगाल राज्यको सिलगुडीमा भएको च्याम्स कप फुटबल प्रतियोगितामा उर्लाबारीको मंगलबारे फुटबल क्लब उपविजेता बनेको छ।
कानेपोखरीको शिवालय एफसीले न्यू स्टार कप फुटबल प्रतियोगितामा जित हासिल गरेको छ।
टोटेनह्याम इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग स्तब्ध बनेको छ। आइतबार राति भएको खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनह्याम ब्राइटनसँग ३-२ ले पराजित भएको हो।
नोनी मडुकेको गोलसँगै चेल्सी इङ्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ। स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोली चेल्सी नोटिङ्घम फरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले अल्भेसलाई पराजित गरेको छ।
पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले आठ लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
न्युस्टार कप फुटबल प्रतियोगिताको शनिबारको खेलमा पथरीको पुल्चोक एफसी विजयी भएको छ। मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा पुल्चोकले कुशल युनाइटेडलाई ४–० ले पराजित गरेको हो।
डियोगो जोटाको निर्णायक गोलसँगै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
माटेओ कोभासिचको दुई गोलसँगै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पाँचौं जित हात पारेको छ।
लियोनार्डो क्याम्पानाको निर्णायक गोलसँगै इन्टर मियामीले मेजर सकर लिगमा टोरन्टो एफसीलाई पराजित गरेको छ।
मार्कस थुरामको ह्याट्रिकसँगै इन्टर मिलान सिरी ए को अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा इन्टरले टोरिनोलाई ३-२ ले पराजित गरेको हो।