पोटरलाई दुखाउने चेल्सीको जित
वेस्ट ह्यामका प्रशिक्षक ग्रहाम पोटरका लागि यो खेल दुखदायी पुनरागमन बन्यो। उनी अप्रिल २०२३ मा चेल्सीबाट सात महिनामै बर्खास्त भएका थिए।
वेस्ट ह्यामका प्रशिक्षक ग्रहाम पोटरका लागि यो खेल दुखदायी पुनरागमन बन्यो। उनी अप्रिल २०२३ मा चेल्सीबाट सात महिनामै बर्खास्त भएका थिए।
स्पेनका स्ट्राइकर अल्भारो मोराटा लोनमा एसी मिलानबाट गालाटासरायमा अनुबन्धित भएका छन्। दुबै क्लबले आइतबार साँझ उक्त सम्झौताबारे घोषणा गरेका हुन्।
सहारा क्लब पोखराले यस वर्ष सनिष श्रेष्ठलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गर्ने भएको छ।
एन्फा महिला लिगको च्याम्पियन एपिएफ क्लबका खेलाडीहरूको वर्चस्व रहेको यो प्रशिक्षणमा कप्तान अनिता बस्नेतसहित १५ खेलाडी सहभागी छन्।
म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोहर्याउन सकेका छैनन्। त्यसैले उनलाई सफल बनाउन अल–नसरले गत हप्ता इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट जोन डुरानलाई लगभग ७९ मिलियन डलरमा अनुबन्ध गरेको छ।
क्रिस्टल प्यालेससँग प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले चोट बोकेका छन्। युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले यो चोटलाई ‘गम्भीर’ भनेका छन्।
चार महिनाअघि इतिहाद स्टेडियममा भएको २–२ को बराबरी खेलमा हलान्डले अन्तिम गोल पछि बल आर्सनलका डिफेन्डर गाब्रिएलतर्फ फ्याँकेका थिए। उनी त्यतिमै रोकिएनन्। आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई भने, ‘स्टे हम्बल, ए?’
रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरलाई शनिबारको स्पेनिस लिग खेलमा लागेको चोटले मांसपेशीको समस्या भएको पुष्टि भएको छ।
बायर लेभरकुसेनले हफेनहेमलाई ३–१ ले पराजित गर्दै बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखसँग प्रतिस्पर्धा कायम राखेको छ।
पहिलो हाफमा केवल ६ पटक बल छोएका एर्लिङ हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेड गोल गरे। उनको करियरको यो २५०औं गोल हो।
मार्कस रासफोर्ड ओल्ड ट्राफोर्डबाट टाढिने दिन नजिकिँदै गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा २–० को पराजय भोग्नुपर्यो।
पोल्यन्डका स्ट्राइकरले सबै प्रतियोगिताका चार खेलमा लगातार गोल गरेका छन्।