लेगानेसविरुद्ध एमबाप्पे र बेलिङ्घम नखेल्ने
रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङ्घम बुधबारको कोपा डेल रे क्वार्टरफाइनलमा लेगानेसविरुद्ध उपलब्ध हुने छैनन्।
रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङ्घम बुधबारको कोपा डेल रे क्वार्टरफाइनलमा लेगानेसविरुद्ध उपलब्ध हुने छैनन्।
चेल्सीले मंगलबार फ्रेन्च क्लब सेन्ट-इटिएनका १९ वर्षीय मिडफिल्डर म्याथिस अमोगुको अनुबन्धलाई औपचारिक रुपमा पुष्टि गरेको छ।
रियल मड्रिडको डिफेन्स लाइनमा अर्को समस्या थपिएको छ। क्लबले मंगलबार पुष्टि गरेअनुसार डेभिड अलाबालाई बाँया खुट्टाको एडक्टर मांसपेशीमा चोट लागेको छ।
मेसीसँगको तुलनासम्बन्धी प्रश्नमा उनले अर्जेन्टिनी स्टारको प्रशंसा गरेका भए पनि अन्ततः आफूलाई नै उत्कृष्ट मानेका छन्।
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा डिजायर डुए र दोस्रो हाफमा ब्राड्ली बारकोलाले गोल गरेसँगै पिएसजीले तेस्रो श्रेणीको टोली ले मेन्सलाई २–० ले पराजित गरेको हो।
एट्लेटिको मड्रिडले मंगलबार कोपा डेल रे क्वार्टरफाइनलमा गेटाफेलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
सान्टियागो कास्त्रोले बेन्चबाट मैदान प्रवेश गरेलगत्तै गरेको निर्णायक गोलसँगै बोलोग्ना २६ वर्षपछि इटालियन कप सेमिफाइनलमा पुगेको छ।
म्यानचेस्टर सिटीले सोमबार पोर्टोका मिडफिल्डर निको गोन्जालेजलाई अनुबन्ध गर्दै यो विन्टर ट्रान्सफर विन्डोमा आफ्नो खर्च २०० मिलियन डलरभन्दा माथि पुर्याएको छ।
हिमाल थिङको ह्याट्रिकसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा विभागीय टोली त्रिभुवन आर्मीमाथि एकपक्षीय जित निकालेको छ।
उपाधि यात्रा नै संकटमा धलेलिएपछि रियलले स्पेनको फुटबल महासंघ र देशको प्रमुख खेल निकायलाई रेफ्रीको निर्णयविरुद्ध औपचारिक गुनासो पत्र पठाएको छ। यो पत्र पराजय भएको दुई दिनमै पठाइएको हो।
यो सिजन क्लबका लागि उनले २३औं गोल गरिसकेका छन्। गोलको यो आँकडा उमेरले थकित भइसकेका खेलाडीका लागि कल्पना गर्नै नसकिने कुरा हो। अर्कोतर्फ यो उपलब्धिले उनको प्रदर्शन अलिकति पनि नखस्किएको संकेत गर्छ।
क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित दिलाएका छन्।