तिलोत्तमा गोल्डकपको प्रत्यक्ष प्रसारण खेलपाटीमा
२३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलपाटीबाट हुने भएको छ। प्रतियोगिता चैत ९ गतेदेखि रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सुरु हुने तय छ।
२३औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलपाटीबाट हुने भएको छ। प्रतियोगिता चैत ९ गतेदेखि रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा सुरु हुने तय छ।
दक्षिणकाली र तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता ‘डिसिसी कप’मा विजयी सुरुआत गरेका छन्।
शनिबार सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले सो रकम राईलाई हस्तान्तण गरेका छन्।
पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लब भिड्ने भएका छन्।
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका राइट ब्याक ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले इङ्लिस लिग कपको फाइनल गुमाउने भएका छन्।
स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टुवा बेल्जियमको टोलीमा फर्किएका छन्। उनी नयाँ प्रशिक्षक रुडी गार्सियाको पहिलो छनोटको हिस्सा बनेका छन्।
मुख्य प्रशिक्षक थोमस टुचेलले जोर्डन हेन्डरसन र मार्कस रासफोर्डलाई इङ्ल्यान्डको टोलीमा स्वागत गरेका छन्। टुचेलले वेम्बली स्टेडियममा हुने अल्बानिया र लाट्भियाविरुद्धको विश्वकप छनोट खेलअघि आफ्नो पहिलो टोलीमा यी दुई खेलाडीलाई समावेश गरेका हुन्।
नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी एफसी चितवनले उज्बेकिस्तानी मिडफिल्डर नोडिरबेक माभ्लोनोभलाई भित्र्याएको छ।
ब्राजिलले यस महिनाको विश्वकप छनोटका लागि किशोर फरवार्ड एन्ड्रिकलाई नेयमारको स्थानमा टोलीमा समावेश गरेको छ। सान्तोसका आक्रमणकारी फरवार्ड नेयमार मांसपेशी चोटका कारण टिमबाट बाहिरिएका छन्।
स्पेनले नेसन्स लिग क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्न रियल मड्रिडका युवा डिफेन्डर एसेन्सियोलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएको छ।
ब्राजिलका स्टार खेलाडी नेयमारले यो महिना हुने फिफा विश्वकप छनोट खेल गुमाउने भएका छन्। ब्राजिलले कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्दा ३३ वर्षीय नेयमार अनुपस्थित रहनेछन्।
नेपाल सुपर लिगको तेस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता ललितपुर एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स भिड्ने भएका छन्।