युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा कुनै पनि परिणाम निश्चित मान्न सकिँदैन। इतिहासले देखाएको छ– बलियो अग्रता हुँदाहुँदै पनि ठूला क्लबहरूले उल्टो नतिजा भोगेका छन्।
बार्सिलोनाका डिफेन्डर एलेजान्ड्रो बाल्डे घुँडाको मासपेशी (ह्यामस्ट्रिङ) चोटका कारण केही साता मैदान बाहिर रहने भएका छन्।
रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रिच सोमबारदेखि इङ्लिस फुटबल क्लब स्वान्सी सिटीका सहमालिक बनेका छन्।
युइएफए च्याम्पियन्स लिग क्वार्टरफाइनल दोस्रो लेगमा मंगलबार एस्टन भिल्लाले पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग भिड्दैछ। पहिलो लेगमा ३–१ को हार बेहोरेको भिल्लाले अब आफ्नो घरेलु मैदान भिल्ला पार्कमा पुनरागमन गर्नुपर्नेछ।
खरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा जसरी फुटबल खेलिरहेको त्यो अनुसार एक खेलअगाबै करिब करिब ‘प्लेअफ’ समीकरणको यात्रा सुनिश्चित गरिसकेको हुनुपर्ने हो।
नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल अन्तिमतिर पुग्दा पछिल्लो संस्करणका फाइनलिस्ट एक खेलअगाबै ‘सेभ साइड’मा पुगेका छन्।
३१ वर्षीय लुकाकु प्रशिक्षक एन्टोनियो कोन्टेको प्रशिक्षणमा अझै परिपक्व बनेका छन्। उनले गोल मात्र हैन, उत्कृष्ट पासिङ र खेल बनाउने क्षमतासमेत देखाइरहेका छन्।
एट्लेटिको मड्रिडले सोमबार राति पुछारमा रहेको भलाडोलिडलाई ४–२ ले हराउँदै ला लिगा उपाधि होडमा आफ्नो क्षीण आशा जिवितै राखेको छ।
लगातार तेस्रो जित निकाल्दै साबिक उपविजेता धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ।
एफसी चितवनले रेफ्रीको स्तर समयमै सुधार नगरे नेपाल सुपर लिग (एनएसएल) नखेल्ने चेतावनी दिएको छ। काठमाडौं रेजर्ससँग सोमबार २–० ले पराजित भएसँगै चितवनका सिइओ सचिन ढकालले विज्ञप्ति निकाल्दै आफ्नो विपक्षमा बारम्बार विवादास्पद निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन्।
एफसी चितवनलाई पराजित गर्दै काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ सम्भावना बलियो बनाएको छ।