एनएसएल पनि अवैध बेटिङमा सुचिकृत!
यसपालि बेटिङ कम्पनी रंगशालाभित्र नदेखिएपनि एनएसएल बेटिङ प्ल्याटफर्ममा खुलेआम चलिरहेको छ । नतिजा पनि बेटिङ विश्लेषणअनुसार नै आइरहेको छ ।
यसपालि बेटिङ कम्पनी रंगशालाभित्र नदेखिएपनि एनएसएल बेटिङ प्ल्याटफर्ममा खुलेआम चलिरहेको छ । नतिजा पनि बेटिङ विश्लेषणअनुसार नै आइरहेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगिता यु–२० महिला एसियन कप छनोट चरणका खेल खेलाउन विभिन्न आठ राष्ट्रलाई जिम्मा दिएको छ। त्यसमा भुटान पनि परेको हो।
खेलको सुरुआतदेखि नै भ्यानकुभरको तीव्र आक्रमणले मियामीलाई दबाबमा राख्यो। २४औं मिनेटमा पेड्रो भिटेले बक्समा चिप गरेको बलमा ब्रायनले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो सिजन उनको १५ खेलमा १०औं गोल हो।
भुटान राष्ट्रिय महिला फुटबल टिमले हङकङ र मलेसियासँगै मैत्रीपूर्ण खेल खेल्ने भएको छ। एएफसी एसियन कप छनोट २०२६ को तयारीमा रहेको भुटानले मलेसियामा हुने अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता ६ मेदेखि १९ सम्म हुने तय छ।
अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधि जित्ने लक्ष्यका साथ एपिएफ क्लब र नेपाल पुलिस क्लब फाइनल खेलमा आमनेसामने हुने भएका छन्।
विषेश लामाको निर्णायक गोलसँगै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा जितको खडेरी अन्त्य गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने भनिएको लिग कम नकआउट फुटबल प्रतियोगिता नहुने भएको छ।
सन्दीप लिम्बूको दुई गोलसँगै बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
साफ च्याम्पियनसिप अनिश्चित बनेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप सरेको पुष्टि गरेसँगै अनिश्चित बनेको हो। च्याम्पियनसिप यस जुलाईमा श्रीलंकामा आयोजना हुने थियो।
रियल मड्रिड कोपा डेल रे फाइनलअघि संकटमा परेको छ। डिफेन्डर डेभिड अलाबा र मिडफिल्डर एडुआर्डो क्यामाभिङ्गा दुवै घाइते भएपछि शनिबार बार्सिलोनाविरुद्धको फाइनल खेल्ने सम्भावना न्यून देखिएको छ।
साफलाई स्वतन्त्र रूपमा प्रतियोगिता आयोजना गर्न आर्थिक स्रोतको अभाव हुँदै आएको छ। त्यसैले साफको मार्केटिङ साझेदारको स्वार्थअनुसार आयोजक राष्ट्र छनोट हुँदै आएको छ। त्यसैले च्याम्पियनसिप स्थगन गरिएको बताइएको छ।
अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन्। ‘ड्र’ मार्फत आठ समूह विभाजन गरिने छ। सात समूहमा चार/चार टोली हुनेछन्। एक समूहमा भने पाँच टोली हुनेछ।