रियलको जितमा एमबाप्पेको दुई गोल
किलियन एमबाप्पेले दुवै हाफमा गोल गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्। योसँगै रियलले स्पेनिस ला लिगाको उपाधि दौडमा बार्सिलोनाको पछि लागिरहने मौका जोगाएको छ।
किलियन एमबाप्पेले दुवै हाफमा गोल गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्। योसँगै रियलले स्पेनिस ला लिगाको उपाधि दौडमा बार्सिलोनाको पछि लागिरहने मौका जोगाएको छ।
अमित बछारको निर्णायक गोलसँगै वीरगञ्ज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्थानमा उक्लिएको छ। यो नतिजासँगै वीरगञ्जले नौ खेलबाट १५ अंक पुर्याएको छ।
लिओनल मेसीको एक गोल र एक असिस्टसँगै आइतबार इन्टर मियामीले न्यूयोर्क रेड बुल्सलाई ४–१ ले पराजित गरेको छ। डलाससँग ४–३ को हारपछि सिजनको सुरुआतमा आठ खेलसम्म अपराजित रहेको मियामी पुनः जितको लयमा फर्किएको हो।
अल–अहलीले शनिबार जापानी क्लब कावासाकी फ्रन्टालेलाई २–० ले पराजित गर्दै पहिलो पटक एएफसी च्याम्पियन्स लिग एलिट उपाधि जितेको छ।
राफिन्हा र फेर्मिन लोपेजको गोलले बार्सिलोनालाई रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध हारबाट जोगाउँदै ला लिगा उपाधितर्फको यात्रालाई कायम राख्न सहयोग पुर्याएको छ।
साम्बाले अभान्ट ग्वेन्ग्याम्पको जर्सीमा यस सिजन तीन गोल गरेकी थिइन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) विरुद्ध दुई गोल पनि समावेश थियो। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइराख्न सकेन।
आयोजक गोदावरी नगरपालिकाले दोस्रो उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सव २०८२ अन्तर्गतको फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नाजिरिन एफसीले टाइब्रेकरमा न्यु स्टार फुटबल क्लबलाई ४-२ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
केभिन डि ब्रुएनाले गोल गर्दै म्यानचेस्टर सिटीलाई वुल्भरह्याम्पटन वान्डरर्सविरुद्ध १–० को महत्त्वपूर्ण तर कठिन जित दिलाएका छन्। यस जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
ब्वाइज युनियन क्लब रोमाञ्चक जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडसँग अंक दूरी एकमा झारेको छ।