यु–२३ एसियन कप छनोटका खेलहरू ११ राष्ट्रले आयोजना गर्ने
एएफसी यु–२३ एसियन कप २०२६ छनोट चरणका खेलहरू ११ राष्ट्रले आयोजना गर्ने भएका छन्।
एएफसी यु–२३ एसियन कप २०२६ छनोट चरणका खेलहरू ११ राष्ट्रले आयोजना गर्ने भएका छन्।
३६ वर्षीय लेवान्डोस्कीले बार्सिलोनाका लागि हालसम्मकै उत्कृष्ट सिजन खेलेका छन्। उनले कुल ४० गोल गरिसकेका छन्, जसमा ११ गोल च्याम्पियन्स लिगमा हुन्।
३० वर्षीय प्लेमेकर फर्नान्डेस यो सिजन पनि युनाइटेडका सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये हुन्। उनले हालसम्म १९ गोल र १८ असिस्ट गरेका छन्। युनाइटेडले नयाँ प्रशिक्षक रुबेन अमोरिम नेतृत्वमा टिम पुनर्निर्माण गर्ने क्रममा ब्रुनोलाई राख्न चाहन्छ।
एसी मिलानले दुई मिनेटमा दुई गोल गर्दै सिरी ‘ए’ खेलमा जिनोआलाई २-१ ले पराजित गरेको छ। योसँगै आगामी सिजनको च्याम्पियन्स लिगको आशा जिवितै राखेको छ।
भारत भने ‘पट’ ३ मा परेको छ। एएफसीका अनुसार ‘ड्र’ मे २९ मा मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो २ बजे हुने तय छ।
प्रभात सामुदायिक युवा क्लबले दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सवअन्तर्गत सोमबार भएको फुटबल खेलमा जित हासिल गरेको छ।
ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डले यो सिजनको अन्त्यपछि इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाड्ने छन्। २० वर्षदेखि क्लबमा रहेका आर्नोल्डले अब नयाँ अध्याय सुरु गर्न लागेका हुन्। २६ वर्षीय इङ्ल्यान्डका राइट ब्याक आर्नोल्डले आफ्नो सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै क्लबबाट बिदा हुने पुष्टि गरेका हुन्।
पिसा ३४ वर्षपछि इटालीको शीर्ष डिभिजन फुटबलमा फर्किएको छ। आइतबार बारीविरुद्धको खेलमा पिसाले १–० ले हार बेहोरेको थियो।
ह्यारी केन मुस्काउँदै थिए। हातमा बियरको गिलास र वरिपरि उनका हर्षित साथीहरू पनि थिए। म्युनिखको रेस्टुरेन्टको कुनामा उनले ‘विइ आर द च्याम्पियन’ गाउन थाले। सायद उनले त्यो गीत मनमनै धेरैपल्ट गाएका थिए। तर, आज पहिलोपल्ट त्यो गीत साँच्चै उनीमाथि लागू भयो। किनकि अब उनी साँच्चै च्याम्पियन हुन्।
बायर्न म्युनिकले आइतबार कुनै खेल नखेली नै बुन्डेसलिगा उपाधि जितेको छ। यो जितले क्लबलाई २०१२ यताकै पहिलो उपाधिविहीन सिजनबाट पुनरागमन गर्ने अवसर बनाइदिएको छ।
चेल्सीका प्लेमेकर कोल पाल्मरले आइतबार लिभरपुलविरुद्ध ३–१ को जितमा पेनाल्टीमार्फत गोल गरेका छन्।
म्यानचेस्टर युनाइटेडले आइतबार प्रिमियर लिगको यो सिजनमा क्लबकै कीर्तिमानी १६औं हार बेहोर्दै लज्जास्पद प्रदर्शनलाई निरन्तरता दियो।