युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा७ विकेट गुमाएर पूरा गर्यो ।
जिम्बावेले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलब १ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भयो ।
हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन् । नेपालले बलिङ रोजेपछि युएईले पहिला ब्याटिङ गर्दैछ ।
समान दुई पटकको एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिज आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकपमा नहुने भएको छ ।
यस खेलमा जितका साथ सातौं स्थानका लागि टेस्ट टोली आयरल्यान्डसँगको भेट पक्का गर्न चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ ।
नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट सुरु हुनेछ।
वेस्ट इन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।