नेपालको मध्यम बलिङ सुरुआत
आइतबार, १७ असार २०८०खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भईरहेको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले मध्यम बलिङ सुरुआत गरेको छ ।
पहिलो पावर प्लेको समाप्तीसम्म नेपालले ४२ रन खर्चिदा १ विकेट लिएको छ । टस जितेर नेपालले बलिङ गरिरहेको छ ।
ईनिङको दोस्रो बलमा नै करण केसीले युएईका ओपनर आसिफ खानलाई आउट गराएका थिए । अहिले सम्म नेपालका करण केसी र प्रतिस जि.सीले ४/४ तथा गुलसन झा र आरिफ शेखले १/१ ओभर बलिङ गरेका छन् ।
क्रिजमा अहिले आर्यांश शर्मा र कप्तानी गरिरहेका वृत्य अरविन्द रहेका छन् ।
नेपालको मध्यम बलिङ सुरुआत











-1768572164221.png&w=3840&q=75)


-1768550031655.png&w=3840&q=75)