बुमराह चम्किएसँगै मुम्बईले पायो १६९ रनको लक्ष्य
जुसप्रीत बुमराह चम्किएसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई १६९ लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो।















