नेपालले आयरल्यान्ड वभ्ल्ससँगको दोस्रो तथा अन्तिम टी–२० शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका हुन्।
रोयल च्यालेन्जर्स बैंगलुरूका स्टार ब्याट्सम्यान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा ६५० चौका पूरा गरेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणका दुई फाइनलिस्ट चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच मंगलबार हुने खेलमा नयाँ कप्तानद्वय शुभमन गिल र ऋतुराज गायकवाडको नेतृत्व क्षमताको परीक्षण हुनेछ।
नेपालले दुई खेलको टी–२० शृंखलाअन्तर्गत मंगलबार आयरल्यान्ड वल्भविरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ।
रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग (आईपीएल)मापञ्जाब किंग्सलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा बैंगलुरूले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरूलाई १७७ रनको लक्ष्य दिएको छ। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको आयरल्याण्ड उल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्स भिड्दै छन्। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरू हुनेछ।
मोहम्मद आमिरले अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट शुरू हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध रहेको घोषणा गरेका छन् । यसको अर्थ उनी रिटायरमेन्टबाट फर्किएका हुन् भन्ने स्पष्ट हुन्छ ।
घरेलु टोली नेपालले दुई टी२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।