गुजरातलाई चेन्नईले दियो २०७ रनको लक्ष्य
शिवम दुबेको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएलमा गुजरात टाइटन्सलाई २०७ रनको लक्ष्य दिएको छ।
शिवम दुबेको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएलमा गुजरात टाइटन्सलाई २०७ रनको लक्ष्य दिएको छ।
महिला एशिया कप २०२४ मा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले उद्घाटन खेलमै पाकिस्तानको समना गर्ने पक्का भएको हो।
कुशल मल्लले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्। उनले मोर्गन टपिङको विकेट लिएका हुन्। विकेटकिपर आसिफ शेखबाट क्याच आउट हुनुअघि उनले २६ बलमा २१ रन बनाए।
करण केसीले नेपाललाई चौथो सफलता दिलाएका छन्। उनले १५औँ ओभरको पहिलो बलमा निल रकलाई १७ रनमा सन्दीप जोराबाट क्याच आउट गराएका हुन्।
आयरल्यान्ड वुल्भ्सले दुवै ओपनर गुमाएको छ। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले स्टीफन डोहेनीलाई २६ रनमा गुमायो। १३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी सोमपाल कामीको बलमा रोहितकुमार पौडेलबाट क्याच आउट भए।
कुशल मल्लको आक्रमक ब्याटिङसँगै नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो।
आक्रमक ब्याटिङ गरिरहेका कुशल मल्ल आउट भएका छन्। योसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल आउट भएका छन्। योसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आयरल्यान्डविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाचौँ विकेट गुमाएको छ।