रोहितको मन्त्रीप्रति गुनासो : घोषणा गरेको पुरस्कार पाइएन
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अझै नपाएको गुनासो गरेका छन्।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम अझै नपाएको गुनासो गरेका छन्।
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको शृंखलाको तालिका परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार शृंखलाको तालिका परिवर्तन गरेको हो।
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौँ खेलमा बिहीबार राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। दिल्लीले आफ्नो पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ विकेटको लज्जास्पद हार बेहोरेको थियो।
इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीचको खेलमा अभिषेक शर्माले दमदार प्रदर्शन गरेका थिए। टोलीले ३१ रनले जित्दा उनले मुम्बईको बलिङ आक्रमणलाई लक्षित गर्दै आक्रामक प्रदर्शन गरे र सबैभन्दा छिटो अर्धशतक बनाए।
नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत बिहीबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ। भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा हैदरावादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।
हाइनरिक क्लासन, ट्रैविस हेड र अभिषेक शर्माको अर्धशतकमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई २७८ रनको लक्ष्य दिएको छ।राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको हो।
क्रिकेट अस्ट्रेलिया (सीए) ले भारत र पाकिस्तानबीचको द्विपक्षीय शृङ्खला आयोजना गर्ने इच्छा व्यक्त गरेको छ। बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले एकअर्कासँग खेल्न सहमत भए शृंखला आयोजना गर्न तयार रहेको सीएले बताएको हो।
बंगलादेशका पूर्वकप्तान शकिब अल हसन एक वर्षपछि टेस्ट क्रिकेटमा फर्कने भएका छन्। श्रीलंकाविरुद्ध चटगाउँमा मार्च ३० देखि शुरू हुने दोस्रो टेस्टमा उनले स्थान बनाएका हुन्।
नेपाल कठिन समूहमा छ। तर, प्रतिस्पर्धी भने नयाँ छैन। पाकिस्तान र भारतसँग नेपालले सन् २०१६ को एशिया कपमा खेलेको थियो। सिंगल राउन्ड रोबिनमा सञ्चालन भएको प्रतियोगितामा पहिलो खेलमै नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।
शिवम दुबेको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ। मंगलबार राति सम्पन्न खेलमा चेन्नईले गुजरातलाई ६३ रनले पराजित गरेको हो। चेन्नईको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो।