निल रक र पिटर मुरको अर्धशतकसँगै आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल 'ए' लाई २२५ रनको लक्ष्य दिएको छ।
कमलसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन्। १३औँ ओभरको चौथो बलमा उनले सेट भइसकेका पिटर मुरलाई लोकेश धामीबाट क्याच आउट गराएका हुन्।
सागर ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। नवौँ ओभरको पहिलो बलमा उनले स्टीफन डोहेनीलाई बोल्ड गरेका हुन्। स्टीफनले ८ बलमा ४ रन बनाए।
सागर ढकालले नेपाललाई दोस्रो सफलता दिलाएका छन्। उनले सातौँ ओभरको दोस्रो बलमा रोस अडायरलाई १७ रनमा लङअफमा पवन सर्राफबाट क्याच आउट गराए।
आयरल्यान्डविरुद्धको तीन टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेको छ।
रोयल च्यालेन्जर्स बेंगलुरूका विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा एउटै टोलीबाट सबैभन्दा बढी छक्का प्रहार गरेका क्रिस गेलको कीर्तिमान तोडेका छन्।
नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत शनिबार आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल खेल्दै छ।
सुनील नारायणको अलराउन्ड प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ।
विराट कोहलीको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य दिएको छ।