सुखद् बनाउन सकेनन् आरिफले पुनरागमन
करिब डेढ महिनापछि सिनियर टोलीमा टी–२० क्रिकेट खेल्न फर्किएका मध्यक्रमका आरिफ शेख ३ रनमै पेभिलियन फर्किएका छन्।
करिब डेढ महिनापछि सिनियर टोलीमा टी–२० क्रिकेट खेल्न फर्किएका मध्यक्रमका आरिफ शेख ३ रनमै पेभिलियन फर्किएका छन्।
खराब लयका बाबजुद वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा पनि मौका पाएका अनिलकुमार साह फेरि सस्तैमा आउट भएका छन्।
नेपालले पहिलो विकेट गुमाएको छ। वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा ओपनिङमा आएका विनोद भण्डारीलाई गुमाएको हो।
दोस्रो विकेटका लागि ओपनर जोनसन चार्ल्स र आन्द्रे फ्लेचरले १४५ रनको विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेलमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ गरिरहेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल विनोद भण्डारीलाई मौका दिएका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल नियमित ओपनर कुशल भुर्तेललाई आराम दिएका छन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
अफगानिस्तानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि राशिद खानको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ।